हेटौंडामा ट्रामाडोलसहित एक युवक पक्राउ

पालिका डायरी
२९ असार २०८२, २०:१६
हेटौंडामा ट्रामाडोलसहित एक युवक पक्राउ

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. २ पिपलबोटबाट लागुऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ हात्तिसुडे जलजलेका २३ वर्षीय कुशल खड्कालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार असार २८ गते साँझ करिब ५:३० बजे पिपलबोटमा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा खड्काको साथबाट लागू औषध ट्रामाडोल ५२ क्याप्सुल फेला परेको थियो।

प्रहरीले लागू औषधसहित खड्कालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। लागू औषध कारोबारसम्बन्धी मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया