कृषिलाई प्रविधिमैत्री बनाई मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने: मोक्तान

पालिका डायरी
१४ असार २०८२, २२:२३

हेटौंडा / कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै मुलुकलाई आत्मनिर्भर बनाउन हरेक क्षेत्र लाग्न जरुरी रहेको नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले मोक्तानले बताइन्।

शनिवार मकवानपुरको हर्नामाडीमा भएको धान रोपाई कार्यक्रममा सहभागिता जनाउँदै मोक्तानले कृषि क्षत्रको विकास गरी युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिने बताईन् ।

धान दिबसको पुर्ब सम्ध्यामा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर, नेपाल दलित मुक्ति मोर्चा, हेटौडा उपमहानगर समिति र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको संयुक्त आयोजनामा हेटौडा १८ हर्नामाडी धान रोपाई कार्यक्रम भएको थियो ।

कार्यक्रमका विशेष अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बिजय प्रकाश सापकोटाले कृषि बजारको सहजीकरण, कृषिलाई आधुनिकीकरण, बजारिकरण गर्ने तर्फ राज्य लाग्न आवश्यक भएको बताए।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला), ललितबहादुर घलान, लक्ष्मी पाख्रिन, बागमती प्रदेश सदस्य बिबेक राइ, कमला बराली, अखिल (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव निर्मला गौतम, बागमती प्रदेश अध्यक्ष अर्जुन पा्रैडेल, जेष्ठ कम्युन मञ्चका केन्द्रीय सदय रामहरी सुबेदी, प्रे्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य धु्रवराज ढकाल, केन्द्रीय लेखा आयोग सदस्य राज सापकोटा, माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष प्रदीप अर्याल लगायतको उपस्थिति रहेको थियो।

अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले सञ्चालन गरेको कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा, हेटौडा उपमहानगर समितिका अध्यक्ष भिमप्रसाद बि.क.को अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया