एमनेष्टी समूह ६७ हेटौंडाको संयोजकमा घिमिरे

पालिका डायरी
१४ असार २०८२, २२:१९

हेटौंडा /  एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको २६ औं बार्षिक साधारण सभा एवम् १३ औं अधिवेशनले समूहको अध्यक्षमा प्रलाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।

समूहको उपसंयोजकमा आशा ढकाल, सचिवमा पूर्णप्रसाद अर्याल, सहसचिवमा देबकुमारी ढकाल, कोषाध्यक्षमा प्रभाकुमारी घिमिरे पौडेल चयन भएका छन् ।

यसैगरी समूहको सदस्यहरुमा त्रिलोकमोहन थिके, सुशिलप्रसाद पराजुली, राजकुमार के.सी., हिरा बर्तौला चयन भएका छन् । साधारण सभाकै अवसरमा समूह ६७ का संस्थापक अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा ईन्द्रबहादुर श्रेष्ठको स्मृति मानव अधिकार संरक्षण सम्मानद्वारा बरिष्ठ अधिवक्ता, संबिधानसभा सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई सम्मानित गरिएको थियो ।

साथै साधारणसभाकै अवसरमा मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रमको समूहको पूर्व अध्यक्ष बिजयकुमार बैद्य र सदस्य राजकुमार के.सी.ले सहजीकरण गरेका थिए ।

साधारणसभा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा एमनेष्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिपिन बुढाथोकी, समूहका पूर्व अध्यक्षहरु बिजेन्द्र कुमार अग्रवाल, ह्यग्रिव आचार्य, बिजय कुमार बैद्य, उत्तम शर्मा ढकाल, नेपाल मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ, फरेष्टी युथ नेटवर्कका अध्यक्ष कुशल अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालको अध्यक्षतामा भएको साधारणसभामा संयोजक प्रकाश ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।
एमनेष्टी इन्टरनेसनलले बिश्वब्यापी रुपमा ब्यक्तिको नैसर्गिक अधिकार उपयोगका सन्दर्भमा वकालत गर्दै मानव अधिकारको सम्मान एवम् सुनिश्चितताको लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने गैरसरकारी संस्था हो ।

प्रतिक्रिया