हेटौंडा–१५ मा  तेस्रो वडाध्यक्ष कप फुटबल सुरु, चुरियामाई–३ सेमीफाइनलमा प्रवेश

पालिका डायरी
१३ असार २०८२, २२:१४

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा तेस्रो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

आजबाट हेटौंडा–६ स्थित गौरिटार रंगशालामा सुरु भएको हो  वडा खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा साविक चुरियामाई–३ ले चुरियामाई–८ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रबेस गरेको छ
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका चुरियामाई–३ का असिम लामा ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। प्रतियोगिता वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षतामा  वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।

कार्यक्रममा आफ्नो छोटो भनाई राख्दै  प्रमुख अथिति सुनिल मोक्तानले हेटौंडा–१५ फुटबलका लागि मकवानपुरकै उर्वर भूमि भएको बताए  उनले यस वडाबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताए  अध्यक्ष मुत्तानले नगरस्तरीय फुटबल प्रतियोगिताहरूमा समेत वडा १५ ले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए  प्रतियोगिताको फाइनल खेल आगामी असार १६ गते हुनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको वडा खेलकुद बिकास समितिले जनाएको छ उक्त वडा अध्यक्ष कपको  विजेता टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिने छ । साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कारको ब्यबस्था गरिएक आयोजकले जनाएको छ

भोलि (शनिबार) हुने खेल तालिका अनुसार पहिलो खेल दिउँसो २ बजे समूह ‘ख’ अन्तर्गत चुरियामाई–४ र चुरियामाई–७ बीच हुनेछ भने दोस्रो खेल ४ बजे चुरियामाई–५ र चुरियामाई–९ बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छ्न

प्रतिक्रिया