सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न

पालिका डायरी
९ असार २०८२, १९:०९

हेटौंडा /  मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ।

हेटौंडाको रोयल प्यालेसको सभाहलमा आइतबार सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो। तालिम समापनको अवसरमा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूको इमान्दार प्रयासले सहकारी सुदृढ हुने बताए। अध्यक्ष देवकोटाले सहकारीले समाजको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

तालिममा मकवानपुर जिल्लाका सहकारी संघ, संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र कर्मचारी गरी ४० जनाको सहभागिता रहेको मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहालले जानकारी दिए।

तालिम समापन समारोहमा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेकुका घिमिरे दाहाल, सञ्चालक सदस्य शर्मिला डंगोललगायतको आतिथ्यता रहेको थियो। तालिममा सहकारी प्रशिक्षक नवराज खनाल र राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालयका प्रमुख रामेश्वर अर्यालले सहजीकरण गरेका थिए।

तालिमको उद्घाटन बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले आइतबार गरेका थिए।

प्रतिक्रिया