भरतपुरमा सवारी दुर्घटनामा ३ वर्षीया बालिका घाइते

पालिका डायरी
४ असार २०८२, १२:०४
accident

हेटौंडा /  भरतपुर महानगरपालिका–१० स्थित पारस बसपार्कमा बुधबार बिहान भएको सवारी दुर्घटनामा ३ वर्षीया बालिका घाइते भएकी छिन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाे अनुसार वन टेस्ट कारले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१६ पिठुवाकी सिता राईकी छोरी रेसुका राई घाइते भएकी हुन्। बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेका कारण उनको स्वास्थ्य अवस्था मध्यम रहेको र हाल उपचारका लागि सरकारी अस्पताल भरतपुरमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार चालक नवलपरासीको गैँडाकोट नगरपालिका–८ निवासी ३५ वर्षीय हरिप्रसाद शर्मा रहेका छन्। घटनापछि शर्मा र उनकी आमा बालिकाको उपचारमा संलग्न भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया