हिजो २५ सयले घटेको सुनको मूल्य आज बढ्यो

पालिका डायरी
४ असार २०८२, ११:४१
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

हिजो तोलामा दुई हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ ।

आज सुन प्रतितोला नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार चार हजार दुईसय र सोमबार चारसय रुपैयाँ बढेको सुनको मूल्यमा मंगलबार दुई हजार पाँचसय रुपैयाँ गिरावट आएको थियो ।

प्रतितोला नौसय रुपैयाँ बढेर सुन आज तोलाको एक लाख ९५ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ । सुनको मूल्य हिजो एक लाख ९५ हजार रुपैयाँ थियो । गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय २५ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया