हेटौंडामा योग शिविर सम्पन्न

पालिका डायरी
३ असार २०८२, २२:१२

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा योग शिविर सम्पन्न भएको छ ।

उक्त योग शिविरमा विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सहित २ सय जनाको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ मकवानपुर, डायनेमिक पब्लिक लाइब्रेरी र पतञ्जली योग समिति मकवानपुरसँगको सहकार्यमा भारतीय महावाणिज्यदूतावास वीरगंजको आयोजनामा योग शिविरको आयोजना भएको हो ।

मंगलबार हेटौंडाको रोयल प्यालेसमा भएको योग शिविरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लामाले शारीरिक तन्दुरुस्तीका लागि योग आवश्यक रहेको बताए । कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले मानव जातिको स्वास्थ्य र समग्र कल्याणका लागि योग जरुरी भएको बताइन् ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपालसहित १ सय ७७ देशमा अन्तर्राष्ट्रिय योग दिवसको तिथि तय गरेर योग दिवस मनाउन थालिएको हो । यो वर्ष ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ नाराका साथ योग दिवस मनाइएको छ ।

प्रतिक्रिया