लागुऔषधसहित एकजना पक्राउ, नाइट्राभेट २७० ट्याबलेट र डाइजेपाम ४८ एम्पुल बरामद
हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–८ कमानेका ३० वर्षीय विकास देउला रहेकाे प्रहरीले ।
हिजो साँझ ६ः३० बजेको समयमा खटिएको प्रहरी टोलीले शंका लागेर देउलाको शरीर तथा घरको कोठा खानतलासी गर्दा कोठाभित्रको सोफामा लुकाइछिपाई राखिएको अवस्थामा नाइट्राभेट २७० ट्याबलेट र डाइजेपाम ४८ एम्पुल फेला परेको मकवानपुर प्रहरी प्रमुखले जानकारी दिए।
पक्राउ परेका देउलामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले यसअघि पनि सोही क्षेत्रमा लागुऔषध कारोबार हुने सूचना पाइरहेको र निगरानी बढाइएको जनाएको छ।
प्रतिक्रिया

