हेटौंडा ११ मा बिपन्न दलितहरूलाई चल्ला र दाना वितरण

पालिका डायरी
१ असार २०८२, ०९:५२

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिका–११ स्थित सागरपथका बिपन्न दलितहरूलाई ल्वाटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ।
आश्रय नेपालले हेटौंडा–११ नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरी दलितहरूलाई चल्ला र दाना वितरण गरेको हो।

आश्रय नेपालकी अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष जुना दाहाल प्रमुख अतिथि थिइन्। बिपन्न तथा पछाडि पारिएका दलित समुदायलाई आयआर्जनसँग जोडेर आर्थिक सबलताको बाटोमा डोर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव मनिषा विश्वकर्माले जानकारी दिइन्।

कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपानेलगायतको उपस्थिति थियो।

यसैगरी, हेटौंडा–११ स्थित सिमलटारका बिपन्न दलितहरूलाई पनि ल्वाटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ। सिमलटारका २५ घरधुरीलाई चल्ला र दाना उपलब्ध गराइएको हो। ग्रामीण जीवनस्तर सुधार मञ्च हेटौंडाको आयोजना र वडा नं. ११ को आर्थिक सहयोगमा यो वितरण गरिएको हो।

मञ्चकी अध्यक्ष दुर्गा घोरासैनीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष जुना दाहाल प्रमुख अतिथि थिइन्।
कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरलगायतको आतिथ्यता थियो।
चल्ला प्राप्त गर्नेहरूलाई एक–एक प्याकेट खाजासमेत प्रदान गरिएको थियो।

प्रतिक्रिया