हिजो ५ हजारले बढेको सुनको भाउ आज थप १७ सय बढ्यो

पालिका डायरी
८ जेष्ठ २०८२, १२:२६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

हिजो बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो । यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो ।

सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो  । आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो  । त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो ।

यस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन बढेको छ  । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि हिजो बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ थियो भने अघिल्लो दिन मंगलबार ५० रुपैयाँ कम १ हजार ९ सय ४० रुपैयाँ थियो।

प्रतिक्रिया