भीमफेदीको निब्टा क्लब बारागढी अध्यक्ष कपको फाइनलमा प्रवेश

पालिका डायरी
२८ बैशाख २०८२, १८:५७

हेटौंडा /  दोस्रो बारागढी अध्यक्ष कप जिल्ला स्तरीय पुरुष तथा आमन्त्रित महिला भलिबल प्रतियोगितामा निब्टा क्लब भीमफेदी–४ को महिला भलिबल टिम फाइनलमा प्रवेश गरेको छ। बिभुति क्लब डुमरवाना र हरिपुर क्लब सर्लाहीलाई पराजित गर्दै निब्टा क्लब फाइनलमा पुगेको हो।

भीमफेदी गाउँपालिका–४, निबुवाटारस्थित निब्टा क्लबको महिला टिमले भोलि जनशक्ति क्लब, कुल्बी, बारासँग दिउँसो ३ बजे फाइनल खेल खेल्ने क्लबका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

उक्त भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ भने स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

बारागढी गाउँपालिकामा सञ्चालन भइरहेको यो प्रतियोगिता यही वैशाख २६ गते सुरु भई २९ गते सम्पन्न हुने बताइएको छ।

प्रतिक्रिया