आज कतिमा हुँदैछ सुनको कारोबार ?

पालिका डायरी
२८ बैशाख २०८२, ११:११
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आज थप घटेको छ । गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज थप तीनसय रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो साताको आइतबारदेखि बिहीबारसम्म सातहजार आठसय रुपैयाँ बढेको सुनको मूल्य त्यसयताका दुईदिन लगातार घटेको महासंघले जनाएको छ ।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९० हजार आठसय रुपैयाँ थियो ।यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया