भीमफेदी गाउँपालिकाबाट भ्रमण गएको बस फर्कदा बकैयामा दुर्घटना

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडकखण्डमा आज राति करिब ९:३० बजे भिमफेदी गाउँपालिकाको कृषी तथा पशु शाखाद्वारा अगुवा कृषक भ्रमणका लागि रिजर्भ गरिएको बस दुर्घटना भएको छ।
सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको उक्त बस घुम्तीमा अचानक दुर्घटनामा परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हातिसुडेबाट र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले तुरुन्तै सबै घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पतालतर्फ पठाएको छ ।
हालसम्म घाइतेहरूको विस्तृत विवरण संकलन भैसकेको छैन तर प्रारम्भिक अनुमान अनुसार २–३ जना घाइतेहरूको अवस्था गम्भीर देखिएको प्रहरीले जनाएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको र बस भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण र घाइतेहरूको पहिचान तथा विस्तृत विवरण संकलन कार्य जारी रहेको छ प्रहरीले जनाएको छ ।