निब्टा क्लब निबुवाटार भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

पालिका डायरी
२३ चैत्र २०८१, १८:४८
निब्टा क्लब निबुवाटार भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

हेटौंडा / बाराको जितपुर सिमरा उपमहानगरपालिका–१३ मा जारी दोस्रो वडा अध्यक्ष कप खुला भलिबल प्रतियोगितामा भीमफेदी गाउँपालिका वडा नम्बर ४, निबुवाटारको निब्टा क्लब फाइनलमा प्रवेश गरेको छ।

शनिबार (आज) भएको खेलमा निब्टा क्लबले बाराको थस्कौल भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको भीमफेदी गाउँपालिका ४ का वडा अध्यक्ष सागर पाण्डेले जानकारी दिएका छन् ।

प्रतियोगितामा एपीएफ टिम, स्थानीय डुमरवाना टिम, हेटौंडाको छहारी भलिबल टिमलगायतका बलिया टिमहरूको सहभागिता रहेको छ । अध्यक्ष पाण्डेका अनुसार खुला प्रतियोगिता भएकाले देश–विदेशमा चर्चित खेलाडीहरूको पनि उपस्थिति रहेको छ, जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ ।

प्रतियोगिताको फाइनल खेल भने भोलि (आइतबार) दिउँसो ३ बजे निब्टा क्लब निबुवाटार र मिलनचोक युवा क्लब, बारा बीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया