बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुने

पालिका डायरी
१७ चैत्र २०८१, २२:३३
बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल हुने

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।  प्रतियोगिताबारे आज हेटौंडामा पत्रकार सम्मेनकको आयोजना गरि आयोजक युवा संघले प्रतियोगिता चैत्र २० बाट २५ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ बागमती गाउँपालिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिताको विजेतालाई नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र दिईने बताए ।  स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उदेश्यले सुरु गर्न लागिएको प्रतियोगितामा गाउँपालिकाको ९ वटै वडाको टिमहरु सहभागी हुने उनले बताए । आयोजकले टिम इन्ट्री शुल्क पाँच रुपैयाँ मात्र राखेको उनको भनाई छ ।

बागमतीमा गाउँपालिकाले गोल्डकप गर्ने गरेतापनि त्यसले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न नसकेपछि आफुहरुले मदन आश्रीत स्मृति कप फुटबलको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगिता फापरबारीमा रहेको जनता माविको खेलमैदानमा हुने आयोजकको भनाई छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार, विधागत उत्कृष्ट खेलाडीलाई नगद २ हजार तथा प्रत्यक म्यान अफ द म्याचलाई नगद पाँच सय पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया