लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ?

पालिका डायरी
८ चैत्र २०८१, १२:०३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आज घटेको छ । गएको बुधबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज घटेको हो ।

सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ७६ हजार रुपयाँमा स्थिर थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ३५ रुपैयाँ घटेर चाँदीको मूल्य आज एक हजार नौसय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।

 

प्रतिक्रिया