शंकास्पद अवस्थामा फेला परेको वस्तु बम नभएर पुरानो प्रेसर कुकर

पालिका डायरी
२९ फाल्गुन २०८१, २१:५५

हेटौंडा / बिहीबार (आज) साँझ हेटौंडामा शंकास्पद अवस्थामा फेला परेको वस्तु विस्पोटक पदार्थ नभएक पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोजल गर्दा विस्पोटक पदार्थ नभएर पुरानो प्रेसर कुकर रहेको पुष्टि भएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौंडा–४ स्थित शितलमहल चोक नजिकै बोरामा प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तु फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डमा स्थानीयय सिर्जना पौडेलको घर अगाडी शंकास्पद रुपमा प्रेसर कुकर रहेको भन्ने सूचना प्राप्त भए लगत्तै मकवानपुर प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उक्त शंकास्पद वस्तु डिस्पोज गर्न प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गर्दा कुनैपनि विस्पोटक पदार्थ नभएको पाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अयाृलले जानकारी दिए ।

प्रतिक्रिया