भीमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

हेटौंडा / मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ३ ईचुङमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ५३ वर्षीय चमेली माया पाख्रिन रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पाख्रिन शुक्रबार दिउँसो आफ्नै बारी नजिकै घाँस काट्न गएकी थिइन्।
घरबाट करिब ५०० मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा घाँस काट्ने क्रममा उनी लडेकी थिइन् । अन्दाजी २०० मिटर तल खस्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया