८ किलो गाँजासहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

पालिका डायरी
२६ पुष २०८१, १७:२०

हेटौंडा /  पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको तिनताप्केमा प्रहरीले लागूऔषध गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरीका अनुसार, पुस २५ गते (हिजो) बिहान बसामाडी प्रहरी चौकीबाट खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र. ०३–००१ ख २५७२ नम्बरको यात्रुबाहक बसमा सवार रामलाल मोक्तानलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। राक्सिराङ गाउँपालिका वडा नं. ०१ निवासी ४९ वर्षीय मोक्तानले बोकेको झोलामा लुकाइछिपाई ल्याइएको ८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

गाँजा फेला परेपछि उनलाई तत्काल नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया