सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

पालिका डायरी
२८ मंसिर २०८१, ११:४२
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

तीन दिनमा चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार दुईसय रुपैयाँ घटेको छ ।

सुनको मूल्य आज तोलाको एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि आज सस्तिएको छ । गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधार दुई हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (हिजो) स्थिर थियो । हिजो एक लाख ५४ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ घटेको हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ६५ रुपैयाँ घटेर एक हजार आठसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँ थियो । विगत तीन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज घटेको हो ।

 

प्रतिक्रिया