दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

पालिका डायरी
१८ मंसिर २०८१, १२:३७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनचाँदीकै मूल्य बढेको छ । गएकाे आइतबार र सोमबार घटेको सुनचाँदीकै मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेकाे छ । मूल्य बढेर आज सुन ताेलाकाे एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ थियो ।

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार ८ सय १५ रुपैयाँ थियो ।

सरकारले भन्सारदर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको थियाे । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया