हेटौंडा–१२ को उपनिर्वाचन , ५२ प्रतिशत खस्यो मत
हेटौंडा / हेटौंडा–१२ को उपनिर्वाचनमा हालसम्म ४२ सय बढी मत खसेको छ।
हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदमा भैरहेको मतदानमा प्रक्रियामा हालसम्म ४२ सय २३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष १ हजार ६९ र महिला १३ सय १२ र अन्य १ गरि २३ सय ८० मत खसेको छ भने विष्णु मावि स्थित मतदान केन्द्रमा पुरुष ८ सय ५८ र महिला ९ सय ८५ गरि १८ सय ४३ मत खसेको बताइएको छ। कुल मतदाताको संख्याको आधारमा हालसम्म ५२ प्रतिशत मत खसेको छ।
अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन्। ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन्।
प्रतिक्रिया

