मकवानपुरमा पल्टिएको कन्टेनर क्रेनले सारेपछि दुवैतर्फ खुल्यो पूर्वपश्चिम राजमार्ग

पालिका डायरी
१३ मंसिर २०८१, १५:०४

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईनजिक आज (बिहीबार) बिहान कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २ घण्टापछि खुलेको छ ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिँदा राजमार्ग बन्द भएको थियो ।

क्रेनको सहायताले उक्त लहरी ट्रक साइड लगाएर दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनापछि २ घण्टाजति राजमार्ग बन्द भएको थियो । जसले गर्दा सयौँ गाडीको लाम लागेको थियो ।

दुर्घटनामा लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ। उनी अहिले हेटौँडा अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया