उम्लिएको पानीमा परी बालिकाको मृत्यु
चितवनको राप्ती नगरपालिका-१ रानिबासमा उम्लिएको पानीमा परी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रकाश घलानकी २ वर्ष ४ महिनाकी छोरी प्रिति घलान रहेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ । बाख्राका लागि उमालिएको पानीमा परी गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।
बिहान अस्पताल पुर्याइएकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी जानकारी दिएका छन्।
प्रतिक्रिया

