सुनको मूल्यमा लगातार वृद्धि आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य आज पनि बढेको छ । गएको सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।
हिजो (बुधबार) तोलामा नौसय रुपैयाँ बढेर एक लाख ६३ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज पनि एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलाको एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी हिजोकै मूल्य एक हजार नौसय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया

