त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ६ किलो सुनसहित ३ विदेशी नागरिक पक्राउ

पालिका डायरी
२१ कार्तिक २०८१, ११:०८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

एअर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्मारका नागरिकलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जिआनजोङ तथा म्यानमारका सत नाइङ र एई फु छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पlकरमा ५ केजी ७ सय ग्राम बरामद भएको हो ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
gold-baramad_lACExeEKR5