काठमाडौंसहित देशका केही भागमा वर्षा

पालिका डायरी
१९ कार्तिक २०८१, १३:१८
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंसहित देशका केही भागमा वर्षा भइरहेको छ । आगामी २४ घण्टाका लागि वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मंगलबारदेखि क्रमशः मौसममा सुधार आउने विभागले जनाएको छ ।

प्रतिक्रिया