१६ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा २८ वर्षका युवक पक्राउ

ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् ।
यौन हिँसामा परेकी १६ वर्षीया किशोरी गर्भवतीसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय राकेश हेम्ब्या लिम्बु पक्राउ परेका हुन् ।
पीडित किशोरीकी हजुरआमाले दिएका किटानी जाहेरीको आधारमा लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
किशोरी गर्भवती भएपछि लिम्बू फरार थिए । घर आएको मौका छोपेर प्रहरीले उनलाई पक्राउ गरेको हो । लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १८ बमोजिम अनुसान्धान सुरु गरिएको इन्सपेक्टर बस्नेतले बताए ।

प्रतिक्रिया