आइतबार अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्यमा आज गिरावट
सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ । हिजो तोलामा १ हजार ४ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । शुक्रबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुन हिजो एकैदिन चौधसय रुपैयाँ बढेको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलमा १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ घटेर २ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया

