बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए
दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन् ।
नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिए ।
उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
‘अहिले म त्यही केसमा व्यस्त छु’, डीएसपी थापाले भने, ‘थप कुरा पछि गरौँला।’ दशैको बेला पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केही दिनअघि पक्राउ परेका थिए ।
प्रहरीको दाबीअनुसार बयानका क्रममा उनले अपराध स्वीकार गरिसकेका थिए ।
प्रतिक्रिया

