कञ्चनपुरमा आफ्नै ओछ्यानमा बीभत्स अवस्थामा पति-पत्नीको शव भेटियो
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा पतिपत्नीको शव फेला परेको छ ।
लालझाडी गाउँपालिका–१ बिनवारीमा सोही ठाउँका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले नेपालखबरलाई दिएको जानकारीअनुसार आफ्नै घरको ओछ्यानमा रक्ताम्य अवस्थामा आज बिहान उनीहरुको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुन सक्ने देखिएको डीएसपी जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट डीएसपी जोशीको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलतर्फ लागेको छ । स्थानीय प्रहरी र शसस्त्र प्रहरी टाेली अहिले घटनास्थलमै छ ।
प्रतिक्रिया

