मकवानपुर र काभ्रेका बाढीपहिरो पिडीतलाई सहयोग

गत असोजमा आएको बाढी र पहिरोका कारण घरबार गुमाएका मकवानपुरको इन्द्रशरोबर गाउँपालिका र काभ्रेको चौरी देउराली गाउँपालिकाका २२ घरपरिवारलाई घर निर्माणका लागि जस्तापाता सहयोग गरिएको छ ।
अमेरिकान्युयोर्क स्थित नेपाली चेली समाज चाँदनी क्रियशन एनवाईसी ले मकवानपुरको इन्द्र शरोबर गाउँपालिका वडा नम्बर ३ र काभ्रेको चौरी देउराली गाउँपालिका वडा ७ र ९ मा बसोबास गर्ने २२ घरपरिवारलाई घरनिर्माण गर्न जस्ता पाता सहयोग गरेको हो ।
यस्तै ७५ घरपरिवारलाई कम्बल लत्ताकपडा र खाद्यान्न उपलब्ध गराईएको हो । ईन्द्रसरोवरमा शनिबार र चौरी देउरालीमा सोमबार सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
संस्थाकी कार्यकारी निर्देशक चाँदनी योन्जन लामाले केही रकम ब्यक्तीगत, केही रकम आफन्त साथीभाईको सहयोग र तामाङ समाज समेतको सहकार्यमा जुटाउनुभएको थियो । संस्थाकी कार्यकारी निर्देशक लामा र जिल्ला बचत सहकारी संघकी कोषाध्यक्ष एवम् समाजसेली विष्णु लामाले स्थानीय पीडीतहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।