होटल सञ्चालकमाथि खुकुरी प्रहार, आरोपी २ युवक फरार

पालिका डायरी
३० आश्विन २०८१, १०:५८
दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

विराटनगरमा एकजना होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगरको भूमी प्रशासन चोकमा मुन होटल सञ्चाललन गर्दै आएका दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको जिप्रका मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ ।  कोशी अस्पताल उपचारपछि उनी राति नै डिस्चार्ज भइसकेका छन् । अवस्था खतरामुक्त छ ।’

विराटनगर- ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘आरोपी दुवै फरार छन् । हामी उनीहरुको खोजी गरिरहेका छौँ,’ ओलीले भने ।

गीत गजलको विषयमा भएको विवादलाई लिएर भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया