मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा ज्ञवाली

पालिका डायरी
१८ आश्विन २०८१, १८:१४
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा ज्ञवाली

बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले सपथ ग्रहण गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार ज्ञवालीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । नब नियुक्त उपकुलपति ज्ञवालीले शुक्रबार नै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गर्नुभएको छ ।

उपकुलपति डाक्टर ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई सपथ समेत गराउनु भयो ।

प्रतिक्रिया