बिहे गर्ने भनेर बोलाएर १९ वर्षीय युवतीलाई चार जनाले गरे बलात्कार, चारै युवक पक्राउ
file photo
दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन् ।
बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।
१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चारजनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए ।
सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

