बाढी पीडित परिवारलाई राष्ट्रिय युवा संघ भीमफेदीद्वारा आर्थिक सहयोग”

पालिका डायरी
१७ आश्विन २०८१, २०:५७

भीमफेदी गाउँपालिका वडा नं. ४ थानसिंङका इन्द्रबहादुर पाख्रीनलाई  राष्ट्रिय युवा संघ नेपालले आर्थिक सहयोग गरेको छ। गत असोज १२ गतेको अविरल वर्षाका कारण पाख्रीनको घर र गोठमा पूर्ण क्षति भएको थियो। पहिरोले उनको गोठमा रहेका सात वटा खसी-बाख्रा समेत पुरिएका थिए।

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटीका अध्यक्ष बादल सिलवालको नेतृत्वमा संघका पदाधिकारीहरूले पीडित परिवारलाई भेट्न एक घण्टाको पैदल यात्रा गरेका थिए। नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं भीमफेदी गाउँपालिका वडा नं. ४ का अध्यक्ष सागर पाण्डेको विशेष पहलमा पीडित परिवारलाई रु. २०,००० (बीस हजार) नगद सहयोग हस्तान्तरण गरिएको अध्यक्ष सिलवालले जानकारी दिए।

“जहाँ विपद्, त्यहाँ राष्ट्रिय युवा संघ नेपाल” भन्ने मूल नाराका साथ युवा संघले यो सहयोग गरेको हो। कार्यक्रममा राष्ट्रिय युवा संघका सदस्यहरू र वडाध्यक्ष पाण्डेको उपस्थिति रहेको थियो।

प्रतिक्रिया