बकैया स्थित बागमती नदीको किनारमा तीन शव फेला

पालिका डायरी
१५ आश्विन २०८१, १२:५९

हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० स्थित बागमती नदीको किनारमा तीन वटा शव फेला परेका छन् ।

स्थानीय बासिन्दाहरूले बागमती नदीमा माछा मार्न जाने क्रममा उक्त शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको उनले जानकारी दिए ।

ती शवहरूलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

प्रतिक्रिया