काठमाण्डौं प्रवेशको वैकल्पिक मार्ग: चित्लाङ-थानकोट सडक खुल्यो

पालिका डायरी
१३ आश्विन २०८१, २१:४२
काठमाण्डौं प्रवेशको वैकल्पिक मार्ग: चित्लाङ-थानकोट सडक खुल्यो file photo

हेटौंडा / काठमाण्डौं प्रवेश गर्ने अधिकांश नाकाहरू बन्द रहेको अवस्थामा चित्लाङ-चन्द्रागिरी-थानकोट सडक (गणेशमान सिंह मार्ग) मा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। अब हेटौंडा-पालुङ हुँदै चित्लाङबाट काठमाण्डौं आवतजावत गर्न सकिने भएको छ ।

आज (आइतबार) साँझबाट यातायात सेवा सुचारु भएको हो। यसअघि थानकोट तर्फको पानीघाट क्षेत्रमा गएको पहिरो र जमेको हिलो हटाइएको थियो। सडक खण्ड खोल्न थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका, सडक विभाग लगायतका निकायहरूले संयुक्त प्रयास गरेका थिए।

थाहा नगरपालिकाका स्थानीय बासिन्दाहरूले पनि यस कार्यमा सहयोग पुर्‍याएका थिए।

प्रतिक्रिया