झ्याप्लेखोला अपडेटः आज थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो
धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन् ।
यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११:५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन् ।
घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया

