कान्ति लोकपथमा पर्ने बागमतीको पुल बाढीले भत्कायो
हेटौँडालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्तिलोकपथको बागमती नदीको पुल बाढीले भत्काएको छ ।
मकवानपुरस्थित भीमफेदी गाउँपालिका ८ बगुवामा पर्ने बागमती नदीको पक्की पुल बाढीले भत्काएको हो । बगुवा मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा पर्छ ।
विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बागमती पुलमा क्षति पुर्याएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार तत्काल सामान्य क्षति पुर्याएपनि केहीबेरमा पुल बगाउनसक्ने सम्भावना बढेको छ । बागमती नदीमा पानीको बहाव बढ्दा पुलमाथिसम्म बाढी आएको अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया

