नागार्जुनमा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

पालिका डायरी
१२ आश्विन २०८१, १०:४३
palika diary

काठमाडौँको नागार्जुनमा पहिरोलले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा अन्य तीन जना पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका- ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा  ५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत भएको छैन । भत्किएको घरमा अन्य तीन जना पुरिएका छन् । घटनास्थलमा अहिले सशस्त्र प्रहरीको मुख्यलयबाट एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ।

प्रतिक्रिया