काठमाडौँ जाँदै गरेका ४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो

पालिका डायरी
११ आश्विन २०८१, ११:४०
palika diary

नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ ।

बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ ।

धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा २ च ७८८५ नम्बरको  कारलाई पहिरोले बगाएको हो। उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन्।

सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया