नदिजन्य पदार्थ चोरी निकासी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न

पालिका डायरी
९ आश्विन २०८१, १७:३०

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१५ ले नदिजन्य पदार्थ चोरी निकासी उत्खनन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गरेको छ । बुधबार (आज) हेटौंडा–१५ वडा कार्यलयको आयोजनामा नदिजन्य पदार्थ चोरी निकासी उत्खनन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गरेको हो ।

पछिल्लो समय हेटौंडा–१५ हरियाली टोल आसपासमा अवैध नदिजन्य पदार्थको चोरीनिकासी अत्याधिक भैरहेको स्थानियहरुको गुनासो छ । नदिजन्य पदार्थको रोकथाम गर्नको लागि सम्बन्धित कायर्यायहरु सब डिभिजन बन कार्यालय, इलाका प्रहरी कार्यलय पशुपतिनगर, हेटौंडा उपमहानगरपालिकाको कार्यालय, टोल विकास सस्था, स्थानीय वन समिति र प्रभावित क्षेत्रको स्थानीयहरुको उपस्थितिमा छलफल भएको हो । कार्यक्रमबारे प्रष्ट पार्दै वडा अध्यक्ष सुनिल मुक्तानले सबै भन्दा बढी दायित्व स्थानियको भएको बताए ।

मिलेर रोकथाममा गर्न सकिन उनले बताए । उनले यस्तो अवैध चोरी निकासी भएको पाए तुरुन्त सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे । उनले स्थानिय स्तरमा रहेको टोल विकास बन समिति स्थानिय अगुवा संघ सस्थाका सबै मिलेर रोकथाम गर्नपर्ने बताए । अध्यक्ष मुक्तानले जनताको जन गुनासोमा वडा कार्यलय देखि प्रहरी कार्यलय, वन कार्यालय, नगर पालिकाको कार्यालयको सेटिङ्ग्मा चोरिनिकासी भएको भन्ने जनगुनासो आएकोले सम्बन्धित निकायलाई उपस्थित गराएर छलफल गराएको बताए । उनले वर्षा कमि भएको करिव महिना दिन पुग्दा वडा भित्र रहेको खहरे खोलामा ठुला ठुला खाल्टो भएको आफैले देखेको पनि उनले स्वीकार गरे ।

यस्तै, छलफल कार्यक्रमा टोलविकास समितिको अध्यक्ष श्वोता लामाले ट्याक्टर छेक्न जाँदा आफै माथी आक्रमणको प्रयास हुने गरेको गुनासो गरिन् । उनले तपाईँलाइ हप्ते चार्च दिन्छु विरोध नगर्नु भन्ने गरेको लामाले बताइन् । स्थानीय सूर्य बहादुर घलानले ट्याक्टर समातेर कारवाही अगाडि बढाउन खोज्दा आफै माथी मुद्दा लगाउने सम्मको कार्य भएको बताइन् । जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाको कार्यलय प्रहरी कार्यालय लगाएतका सम्बन्धित निकायमा गुनासो राख्दा सम्बोधन नभएको बताइन् ।

यस्तै, चित्रे पानी सामुदायिक वन समितिकी अध्यक्ष बाल कुमारी थापाले प्रहरीले पनि महिनावारी पैसा खाएर ट्याक्टर नसमाएको आरोप लगाइन् । उनले गिट्टी बालुवा निकाल्ने ट्याक्टर देखेपछि स्थानीयहरु डराएर भाग्न पर्ने अवस्था बनेको बताइन् । अबैध रुपमा नदि जन्य अदार्थको चोरी निकासी भैरहँदा बस्ति नै धरापमा परेको स्थानियहरुले गुनासो गरे ।

यता, हेटौंडा उपमहानगरपालिको राज्यस्व शाखाका नवीन सुबेदिले नगरपालिका जताततै खोला नाला र खहरे भएको र नगरपालिकामा श्रोत साधन कमि भएको कारण अनुगमनमा समस्या भएको बताए । नगर प्रहरीहरुलाइ फिल्डमा पठाएका बताउँदै गत भदौसम्म कुनै पनि रसिद नगरपालिकाले नकाटेको उनले जानकारी गराए । उनले नगर पालिकाले नियम अनुसार काम गरिरहेको पनि बताए । सव डिभिजन वन कार्यालयकी सबिना रिजालले आइ ई ई नगरेको ठाउँ बाट ढुङ्गा बालुवा निकाल्नु नै अबैध रहेको बताइन् । उनले नगरपालिकाले रसिद काटेर पनि ट्याक्टर छोड्नु पनि गैरकानुनी भएको बताइन् । इलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी इन्स्पेक्टर बिमला कठायतले समस्या पर्दा प्रहरीको तर्फबाट सुरक्षा दिन कुनै कमि नहुने प्रतिवद्धता जनाइन् ।

प्रतिक्रिया