हेटौंडामा बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
हेटौंडा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १० स्थित गोरक्षेश्वर मन्दिर सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
हेटौंडा बजारबाट हेटौंडा ११ थाना भर्याङतर्फ जाँदै गरेको साइकललाई एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बाेकेकाे बुलेटले गए राति ठक्कर दिँदा यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ग्यास बुलेटको ठक्करबाट घाइते साइकलयात्री भक्तपुर जिल्ला सुडाल घर भई हेटौंडा –११ थानाभर्याङ बस्ने करिब वर्ष ६० का रमेश पाण्डेलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा गए राति ८ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार साइकललाई ठक्कर दिने ग्यास बुलेट र चालक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया

