मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्धको रिट खारेज

पालिका डायरी
२ आश्विन २०८१, २०:४३

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्धको रिट खारेज भएको छ।

हेटौंडा अस्पतालका तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले दर्ता गरेको रिट उच्च अदालत पाटन हेटौंडा इजलासले खारेज गरिदिएको अधिवक्ता मदन कुमार दाहालले बताए।

अब हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नै रहने कुरालाई उच्च अदालत पाटन हेटौंडा इजलासले थप पुष्टि गरेको छ। मुद्दामा अस्पतालको खाता अस्पतालकै मेडिकल सुपरिन्टेन्डेन्टले सञ्चालन गर्न पाउनु पर्ने र प्रतिष्ठानबाट अलग हुनु पर्ने माग गरिएको थियो।

प्रतिक्रिया