सुनको मूल्यले आज फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड
सुनको मूल्यले आज फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो । सुनको आज कायम मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य एक हजार नौ सय थियो । चाँदी आज तोलाको १५ रुपैयाँ बढेको हो। शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया

