ढलेको रुखले लाग्दा २७ वर्षीया युवतीको मृत्यु

पालिका डायरी
३० भाद्र २०८१, ११:४४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

नवलपरासीमा ढलेको रुखले लाग्दा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासीको सरावल गाउँपालिका- १ सालबासस्थित सृष्टी सामुदायिक वनभित्र ढलेको रुखले लाग्दा स्थानीय विशाल चौधरीकी श्रीमती २७ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो ।

चौधरी पत्नीलाई साथमा लिएर शनिबार दिउँसो माछामार्न घर नजिकै जंगल क्षेत्रको खोलामा गएका थिए ।  माछा मार्ने क्रममा एक्कासी सिसौको सुकेको रुख ढली गर्धनमा लाग्दा पार्वती गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि चिसापानी अस्पताल बर्दघाट लगिएको थियो । उपचारकै क्रममा गएराति डाक्टरले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया
mrityu palikadiary