सुर्खेत उडेको ८ मिनेटमै श्रीएयरलाइन्सको जहाज आकस्मिक अवतरण

पालिका डायरी
२४ भाद्र २०८१, ११:०९
सुर्खेत उडेको ८ मिनेटमै श्रीएयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । इन्डिकेटरमा समस्या देखिएकाले जहाज उडेकाे केहीबेरमै अवतरण गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।

उनले यात्रुलाई अर्को जहाजमा सुर्खेत पठाइएको बताए । ‘आकस्मिक अवतरणपछि अर्को जहाजमा यात्रुलाई सुर्खेत लगिएको छ,’ मानन्धरले  भने, ‘इन्डिकेटरको समस्या देखिएको जहाज पनि मर्मतपछि उड्ने तयारीमा छ । याे सानाे समस्या मात्रै हाे, ठूलाे हाेइन।’

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको जानकारी दिएका छन् ।

‘सोमबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको छ,’ उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो ।’

प्रतिक्रिया