मुग्लिन–नागढुङ्गा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्कियो

पालिका डायरी
१८ भाद्र २०८१, ११:०१
मुग्लिन–नागढुङ्गा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनास्थल धादिङ र चितवनको सीमानामा पर्दछ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन्।  दुर्घटनामा कार चालक घाइते भएका छन्। उनको अवस्था भने थाहा हुन सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको जनाएको छ।

प्रतिक्रिया